फिचर शिक्षा समाचार स्थानिय

अति विपन्न विद्यार्थीलागि न्यानाे कपडा ,स्टेसनरी सहयाेग 

विराटचाेक/ गरिबीका कारण शिक्षा बाट बन्चित रहेका बालबालिकाकाे क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएका भिम अधिकारीले दाताहरू संग सहकार्य गर्दै बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै आएका छन् । शुक्रबार माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ११ मा रहेको हिमालय आधारभूत विद्यालयका अति विपन्न विद्यार्थीकालागि शैक्षिक सामाग्रीका साथै न्यानाे कपडा वितरण गरिएको छ ।

सहयोगी हातहरुद्वारा आयोजित कार्यक्रममा १० जना जेहेन्दार तथा असहाय बालबालिकालाई स्विटर, झोला साथै स्टेसनरी बितरण गरिएको हाे । जसकाे दाताहरु भिमादेवी घिमिरे, माधव घिमिरे , खेम गौतम, जमुना तिम्सिना र ज्ञाननाथ ढकाल रहनुभएकाे थियो । 

साथै सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापकाे रूपमा चित्रकला प्रतियोगिता समेतकाे आयाेजना गरिएको थियाे । विद्यार्थीकाे क्षमता प्रस्फुटन गराउने उदेश्यले याे कार्यक्रम गरिएका चित्रकार समेत रहेका अधिकारीले बताए ।  चित्राकलाको लागि मेडल सिद्धार्थ सेकेण्डरी स्कुलद्वारा सहयोग  ।

१५ रूपैयाँकाे खाजाकालागि समेत पढ्न आउने गरेका उदाहरण दिदै अति विपन्न ४० जना विद्यार्थी अध्ययनरत रहेकाे प्रधानाध्यापक हाेमप्रसाद खनालले बताउनुभयाे । 

आमा बुवा बिहिन, अरूका घरमा शरण लिएर बसेका यी विद्यार्थीका लागि दाताको सहयाेग सधैं आवश्यक रहेकाे समेत  प्रधानाध्यापक खनालले बताउनुभयाे ।