फिचर राजनीति समाचार

अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन

काठमाडौँ / नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छन् । राजधानीमा आइतबार सम्पन्न भेलाले महासचिवमा महेश श्रेष्ठलाई चयन गरेको छ । भेलाले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो । यसअघि लामा संगठनको महासचिव थिइन् । अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी संगठनबाट बिदा लिएपछि नयाँ कमिटी चयन गरिएको हो । राजधानीमा तीन दिनसम्म चलेको भेलाले केन्द्रीय कमिटीलाई पुनर्गठन गरेको हो ।