नेकपा एमाले भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् ।
शनिबार विराटनगर स्थित पार्टी कार्यालय पाञ्चालीमा भएको जिल्ला स्तरीय विद्यार्थी भेलाबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि पनि अध्यक्ष नै थिए ।
अनेरास्ववियुको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा चयन भएका छन् । यस्तै सचिवमा मनोज लामा कार्की चयन भएका छन् ।
सहसचिवमा विप्लव पोखरेल, प्रीति दाहाल, गौरी बस्नेत, छवि श्रेष्ठ र कोषाध्यक्षमा प्रवीण खतिवडा चयन भएको भएका छन् । ५१ सदस्यीय जिल्ला कमिटीको सदस्यमा पूजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल, प्रवीण ढकाल चयन भएका छन् ।
