विराटचाेक : ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा रहेको नगर बाल सन्जालले पनि ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइएकाे छ ।
नगर बाल सञ्जालकाे आयाेजना तथा सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक सहयाेगमा नगरस्तरीय अन्तरमाध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगिता गरिएको हाे । साे प्रतियोगितामा सुविजीमुर मेमाेरीयल माध्यमिक विद्यालयकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् । यस्तै दाेस्राे सिद्धार्थ माध्यमिक विद्यालयका छात्र साैगात सुवेदी भएका छन् भने तेस्रो स्थान शिक्षा निकेतन माविकी छात्रा विपश्वी पाेख्रेल भएकी हुन् । यसैगरी सान्त्वना क्वेष्ट माविकी छात्रा दीपांशु न्याैपानेले हात पारिन् । प्रथम, दाेस्राे, तेस्रो र सान्त्वना हुने विद्यार्थीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको आयाेजकले जनाएको छ ।
कार्यक्रममा १९ वटा विद्यालयका विद्यार्थीले सहभागीता जनाएका थिए। साे प्रतियोगिताकाे निर्णायक उमनाथ भट्टराई, श्यामप्रसाद भट्टराई र बाबुराम निराैलाले गरेका थिए । कार्यक्रमकाे प्रमुख अतिथि उपप्रमुख अकली चाैधरी, विशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेत, अतिथि सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन ढुंगाना, पूर्व वाल सञ्चाल अध्यक्ष मदन भण्डारीलगायत रहेका थिए भने आशिष सुन्दासकाे सभापतित्वमा कार्यक्रम भएको थियो ।