विराटचोक । इन्द्रपुर जेसीजले अपाङ्गता दिवसको अवसरमा पाँच जना अशक्त तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई व्हीलचेयर वितरण गरेको छ। जेसीज सप्ताहअन्तर्गत आयोजना गरिएको कार्यक्रममा व्हीलचेयर वितरण गरिएको कार्यक्रम संयोजक पार्वती गच्छदारले जानकारी दिनुभयो।
कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनमा केही सहजता ल्याउन लक्षित गरी व्हीलचेयर वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सुरक्षा, सम्मान र सहज जीवनयापन सुनिश्चित गर्दै उनीहरूलाई सहयोग पु–याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बू र कालिमान लिम्बू, वडा नम्बर ९ का अमर बहादुर राई तथा वडा नम्बर १ का गोपाल बहादुर कार्कीलाई व्हीलचेयर प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मिना आचार्य रहनुभयो। इन्द्रपुर जेसीजको आयोजनामा तथा इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा जेसीज सप्ताह गरिएको हाे कार्यक्रमको सञ्चालन महासचिव अजित बान्तवाले गर्नुभएको थियो ।




