विराटचाेक: अपाङ्गता राेकथाम तथा पुनःस्थापन कार्यक्रम अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाले अपाङ्गता भएका बालबालिकालाई पाेषण सामग्री वितरण गरेको छ । आइतबार नगरपालिकामा एक कार्यक्रम आयाेजना गरी सबै वडाबाट २४ जना बालबालिकालाई पाेषण सामाग्री वितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
अपाङ्गता परिचयपत्र वितरण संयाेजक उपप्रमुख अकली चाैधरीले बालबालिकालाई पाेषण सामाग्री अन्तर्गत चना, दाल, मटर, अण्डा, हर्लिक्स, आटा वितरण गर्नुभएको हाे ।
कार्यक्रममा बाेल्दै उपप्रमुख चाैधरीले बालबालिकालाई पाेषिलाे खानेकुरा दिनुपर्ने भन्दै विशेषगरी अपाङ्गता भएका बालबालिकालाई खानपिन र स्वास्थ्य सरसफाइमा विशेष जाेड दिनुपर्ने बताउनुभयाे ।