कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

अब पूर्वाञ्चल विश्वविद्यालय गाेठगाउँमा एमबीबीएस पढाइ हुने

विराटचोक : मोरङको सुन्दरहरैंचा–गोठगाउँस्थित केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा आयोगको २१औँ बोर्ड बैठकले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको छ।

 यससँगै विश्वविद्यालयमा पहिलोपटक स्नातक तहको चिकित्साशास्त्र (MBBS) पढाइ सुरु हुने भएको हो।

लामो समयदेखि यस क्षेत्रका स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधि, सांसद, राजनीतिक दल र सरोकारवाला निकायले यहाँ एमबीबीएस पढाइ सुरु गर्न माग गर्दै आएका थिए।

आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र विश्वविद्यालय प्रशासनको निरन्तर प्रयासपछि यो अनुमति प्राप्त भएको हो।

विश्वविद्यालयको चिकित्साशास्त्र संकायका डीन शैलेसमणि पोख्रेलले यो अनुमति केवल एक शैक्षिक कार्यक्रमको स्वीकृति मात्र नभई, यस क्षेत्रका हजारौँ जनताको सपना र आशा पूरा गर्ने महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे।

 उनले यस कार्यक्रमले दक्ष स्वास्थ्यकर्मी मात्र होइन, जीवन बचाउने र समाज रूपान्तरण गर्ने व्यक्तित्वहरू तयार पार्ने विश्वास व्यक्त गरे। यो निर्णयसँगै अहिले यस क्षेत्रका आम नागरिकहरू खुशी भएका छन्।