विराटचाेकः माेरङकाे सुन्दरहरैँचा ३ गछियामा रहेकाे एक विद्यालयका विद्यार्थीलाई स्टेसनरीका सामग्री प्रदान गरिएको छ । जनता आधारभूत विद्यालयका ८४ जना विद्यार्थीलाई कुइन्स केटिएम लाईन्स क्लव न्युयोर्कले सामाग्री वितरण गरेको हाे ।
साे क्लबका अध्यक्ष रश्मि श्रेष्ठले ब्याग, कपि, पेन्सिल, इलेजर, कलर पेन्सिललगायत ६० हजार बराबरकाे सामाग्री वितरण गरेकाे बताए ।

कार्यक्रममा प्रमुख अतिथि ज्येष्ठ नागरिक समाजका अध्यक्ष भिमबहादुर कार्की रहेका थिए । यस्तै अतिथि सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगाना, नासाे सेन्ट्रल नेपाली लायन्स क्लब अमेरिकीका प्रेसिडेन्ट टीकाराज ढकाल, किशाेर कार्कीलगायत रहेका थिए ।
सरकारी विद्यालयमा विपन्न समुदायका अधिकांश विद्यार्थी अध्ययनरत रहेकाले उनीहरूलाई लक्षित गरि याे सामान प्रदान गरिएको बताईएकाे छ ।