विराटचाेक , लेटाङमा ब्रेड फर द वल्ड जर्मनीको आर्थिक सहयोग, अन्तरधार्मिक शान्ति महासंघकाे साझेदारीमा सामुदायिक विकास मन्चले एक दिन अल्पसंख्यक जातिय तथा धार्मिक भेदभाव सवालमा गाेष्ठी सम्पन्न गरेको छ । हिन्दु, इसाई, बाैद्व, इस्लाम, किराँत,बहाई, स्वग्रीक मार्ग र युमा साम्भाेक गरी ८ धर्मको अनुयायी र धर्मगुरू समेत गरी ४० जनाएको सहभागीता रहेको थियो ।
गाेष्ठीकाे अध्यक्षता सिडिएफका अध्यक्ष रामचन्द्र बुढाथोकीले गरेका थिए भने प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्र कुमार लावती रहेका थिए । मेयर लावतीले कार्यक्रममा बाेल्दै अन्तरधार्मिक संजालकाे स्थापना, विकासक्रम र हालसम्मका उपलब्धिका बारेमा चर्चा गरेका थिए । यस्तै वडा नम्बर १ मा निर्माण हुने अन्तरधार्मिक शान्ति स्मारककाे डिपिआर समत प्रस्तुत गरेका थिए ।

यसकाे विकासमा नगरकाे तर्फबाट सहयाेग समेत गर्ने बताए । उक्त कार्यक्रमकाे सहजिकरण अधिवक्ता डा. कमल तिगेलाले गरेका थिए । कार्यक्रममा अन्तरधार्मिक शान्ति महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामभक्त कुरूम्बाङकाे समेत उपस्थिति रहेकाे थियो । साे संस्थाकाे उदेश्य कार्यक्रम प्रमुख नर बहादुर लिम्बूले प्रस्तुत गरेका थिए ।