के तपाइको आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन थालेको छ रु त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् । राजधानीमा बढ्दो प्रदूषण र बर्षातका कारण अहिले आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन् ।
वषरत्को समयमा ब्याक्टेरिया तथा भाइरस बढी सक्रिय हुन्छन्, जसका कारण यो रोगले महामारीकै रूप पनि लिन सक्छ,’ निर्देशक शाहले भने
असारको दोस्रो सातामा फाट्टफुट्ट बिरामी आउने गरेकोमा भदौको तेस्रो सातासम्म बिरामीको चाप अत्यधिक बढेको आँखा अस्पतालका निर्देशक बज्राचार्यले बताए । उनका अनुसार अस्पतालमा साउनदेखि असोजसम्म बढी मात्रामा यो रोगको उपचारका लागि चाप बढ्ने गरेको छ । यो रोग अधिकांश बालबालिका तथा महिला र मोटरसाइकल चढ्नेमा देखिएको छ ।वर्षात्को समयमा फोहोर पानी र भाइरल जीवाणु तथा धुलो, धुवाँका कारण आँखा पाक्ने रोग संक्रमण बढेको चिकित्सकहरूले बताएका छन् ।आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु आइरहने र आँखा रातो हुने लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखापर्नेबित्तिकै उपचार गरेमा एक सातामा निको हुने निर्देशक बज्राचार्यले बताए । उनले आँखामा यस्ता समस्या आउनेबित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न नहुने जानकारी दिए । ‘आँखा रातो हुने, दुख्ने तथा चिप्रा लाग्ने गरेको छ भन्दैमा आँखा पाकेको भन्न मिल्दैन । आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । यसका साथै आँखा विभिन्न कारणले पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ,’ निर्देशक बज्राचार्य भन्छन्, ‘ब्याक्टेरिया, भाइरस, एलर्जी तथा फङ्गसका कारणले आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलम बस्नेलाई थाहा हुन्न र उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् । जसका कारण आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । लामो समयसम्म कडाखालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्छ ।
आँखा पाक्ने कारण
आँखा पाक्ने समस्याका अनेक कारण छन् । यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो, धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न भइरहेको चिकित्सकहरूले बताउँदै आएका छन् । वर्षायाम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण बढी मात्रामा देखापर्ने गर्छ ।
आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो । चिकित्सकहरूका अनुसार यो रोग भाइरस, ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ । यीबाहेक अरू कारण जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग, विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन, अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने डा। बज्राचार्यले बताए ।
उनका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय, कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ ।
सामान्यतया नेपालमा हरपास, एड्रिनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको डा। बज्राचार्याले बताए । उनका अनुसार ब्याक्टेरियाबाट हुने संक्रमणभन्दा भाइरसबाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सुत्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले खोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने भएकाले तत्काल उपचार गराइहाल्नुपर्छ । उनी भन्छन्, ‘समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समयसम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्छ ।’ एजेन्सी
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Com a [bingo](https://bingo-br.com), você começa sua jornada de apostas com um bônus de US$ 100! Ao se registrar, você tem a chance de explorar os melhores jogos de cassino online sem riscos iniciais. Cadastre-se agora e aproveite essa oferta imperdível!