इटहरी / सुनसरीको इनरुवा सञ्चालन भएको दुई दिने आँखा शिविरमा १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ।
इनर ह्वील क्लब अफ पाटनको आयोजनामा माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग, इनरुवा नगरपालिका, जिल्ला अस्पताल इनरुवाको समन्वय, डी एन ग्रुप अफ कम्पनीज र जग्गा तथा आवास विकास संघ सुनसरीले विशेष सहयोगमा नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्पन्न गरेको हो ।
माघ १२ र १३ गते दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ४ सय जना बिरामीको चेकजाँच गरिएको र अन्य १३१ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको जग्गा तथा आवसबिकास संघ सुनसरी अध्यक्ष नेत्र प्रसाद चौलागाईले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा इनरुवा नगरपालिका लगायत अन्य स्थानीय तहबाट आएका आँखाका बिरामीको पनि चेकजाँच गरिएको अध्यक्ष चौलागाईले बताए। आँखाका बिरामी सबैभन्दा बढी ५० वर्षभन्दा माथिका रहेका र आँखाको हेरचाहा राम्रोसँग नगर्ने, धुँवा धुलोका कारण पनि आखाँमा समस्या हुने गरेको चिकित्सले बताएका छन्।
शुल्क आँखा शिविरमा कोशी आँखा अस्पतालका निर्देशक नेत्र रोग बिशेषज्ञ तथा सर्जन डा. प्रमोद शर्मा गौतम लगायतका चिकित्सकको टोली पुगेर आँखाको शिविर सञ्चालन गरेका थिए। निशुल्क आँखा शिविर सञ्चालन गरिंदा आर्थिक समस्या भएका र मोतियाबिन्दु भएका आँखाका बिरामीलाई शिविरले सहज गरेको छ।