विराटचाेक: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्रीको शपथग्रहण दिउँसोका लागि तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रमलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।
ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार राति प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेश गरेका थिए।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ ९२० बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।