विराटचोकः आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहे पनि जलवाष्पयुक्त वायु कम हुनाले लगातार पानी परिरहने र भारी वर्षा हुने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।
आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनेछ ।
दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको अनुमान छ ।
राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।




