विराटचाेक: नेपाल आदिवासी जनजाति महासङ्घ सुन्दरहरैँचा नगर समन्वय परिषद मोरङको आयोजनामा जनजाति लक्ष्यित कार्यक्रम अन्तर्गत तीनदिने उद्घोषण तथा भाषणकला तालिमको आज एक समारोहका बीच उद्घाटन गरिएको छ।
सुन्दरहरैँचा वडा नम्बर ६ मा रहेको आदिबासी सभाहलमा भएको कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैँचा वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिम्बू रहेका थिए भने विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा किरात याक्खा छुम्माकी केन्द्रीय सदस्य आनन्द लिङ्खा, किरात याक्खा छुम्मा केन्द्रीय सल्लाहकार तथा श्री भानुसाझा पुस्तकालयका अध्यक्ष पुरन राई, नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे, पत्रकार विपुल सुवेदी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियोे।
नगरका सबै वडाबाट प्रतिनिधित्व रहने गरि विभिन्न उमेर समूहका जम्मा ३५ जना प्रशिक्षार्थीलाई पूर्वका बहुचर्चित उद्घोषण प्रशिक्षक केपी घिमिरेले तालिमको सहजीकरण गरेको बताइएको छ।
आयोजक संस्थाका सचिव अशिम राईले संचालन गरेको उद्घाटन कार्यक्रमको सभापति सुमन याख्खा रहेका थिए।