विराटचाेक: माेरङकाे सुन्दरहरैँचा स्थित सलकपुरमा निर्माण भईरहेकाे मुक्त रंगमञ्च आर्थिक अभावका कारण निर्माण प्रकृयामा समस्या भएको भन्दै आर्थिक जाेहाे गर्न स्थानीय जुटेका छन् । चियापान कार्यक्रम राखेर आमन्त्रण गरि निर्माण स्थलमा शनिबार भएको भेलाले सबैसंग आर्थिक सहयाेगकाे अपेक्षा गरिएकाे चियापान समारोह संयाेजक नारायण कार्कीले बताए ।
शिल्पि थिएटरले निर्माण गरिरहेकाे मुक्त रंगमन्च निर्माण गर्न अहिलेसम्म करीब ३० लाख खर्च भईसकेकाे र अझै १५ लाख हाराहारी खर्च लाग्ने नाट्य निर्देशक घिमिरे युवराजले बताए । अहिले सम्म एम्फीथिएटरकाे मन्च, ७ स्टेपकाे प्याराफिट, कफि सफ, ड्रेस चेन्ज रूप, गेट निर्माण भईसकेकाे छ ।

बाँकी निर्माण गर्न ७ स्टेपकाे प्याराफिटमा सिलेट ढुंगा बिच्याउने, र ड्रेस चेन्ज गर्ने २ वटा घरमा छाना लगाउने, शाैचालय र २ सय क्षमताकाे बन्द नाटक घर निर्माण गर्नुपर्ने घिमिरेले बताए ।
याे नाट्य केन्द्र निर्माणमा घिमिरे अहाेरात्र लागिपरेका छन् । यसै नगरकाे नागरिक भएको र आफ्नै ठाउँमा एउटा छुट्टै प्रकारकाे समाजलाई जाेड्ने र कला साहित्यकाे विकास गर्न विशेषत नाट्य क्षेत्रबाट समाज रूपान्तर गर्न लागिरहेको घिमिरेले बताए ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष खेमप्रसाद न्याैपाने, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल, उद्याेगी भाेलेश्वर दुलाल, पूर्व नगरप्रमुख शिवप्रसाद ढकालसहित निर्माण स्थलमै जम्मा भएर आर्थिक सहयाेगका लागि समिति नै निर्माण गरिएको उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले बताए ।
सुन्दरहरैँचा सलकपुर मात्रै नभएर देशका गरिमा बढाउने खालकाे याेजना भएकाले कला संस्कृति र साहित्य क्षेत्रमा सहगाेग गर्न सबै एक जुट भएर लाग्नुपर्ने उद्याेगपति दुलालले बताए । यसकालागि आफूले ५१ हजार सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै पूर्व नगरप्रमुख ढकालले आफू नगरप्रमुख हुँदा जग्गा दिने विषयमा लागेकाे र प्राप्त जग्गामा निर्माण भईरहेकाे नाट्य केन्द्र चाँडै सम्पन्न गर्न सबै क्षेत्रकाे सहयाेग आवश्यकता रहेकाे बताए । वडा अध्यक्ष न्याैपानेले नगरपालिकाले १५ लाख दिने गरी काम गरिरहेकाे बताए ।
आर्थिक सहयाेगकालागि कृष्णप्रसाद रिजालकाे संयाेजकत्वमा सदस्य कृष्ण लामिछाने र नगेन्द्र प्रसाद दाहाल रहने गरि समितिनै निर्माण गरिएको छ । उक्त समितिले आर्थिक संकलन गर्न निर्माण गरिरहेका नाट्य निर्देशक घिमिरे युवराजलाई सहयाेग गर्ने महासचिव कार्कीले बताए । नगरपालिकाले उपलब्ध गराएको ५ कठ्ठा जग्गा निर्माण भईरहेकाे छ ।
