विराटचाेक: सुन्दरहरैँचा नगरपालिका र संघिय सरकारकाे साझेदारी वडा नम्बर ६ स्थित आसामे चाेक देखि डिपु सम्मकाे करीब साडे २ किलोमिटर सडक कालाेपत्रे निर्माण हुने भएको छ ।

नगर प्रमुख केदारप्रसाद गुरागाईंले उक्त सडककाे आइतबार शिलान्यास गर्नुभएको छ । लामाे समयदेखि याे सडक पिच नहुदा स्थानीयलाई सास्ती हुने गरेको छ । अब निर्माणकाे तयारी भएसंगै स्थानीय खुसि भएका छन् । २ कराेड ५० लाख रूपैयाँ लागतमा निर्माण हुने नगरपालिकाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्याैपाने, वडा अध्यक्ष नगर प्रवक्ता राेशनप्रसाद ढकाल, वडा अध्यक्ष सन्तोष लिङ्देन लगायत, राजनीतिक दलका प्रतिनिधि, टाेल विकासका सदस्य, स्थानीयकाे सहभागीता रहेको थियाे ।




