समाचार स्थानिय

इजाजत बिना निर्माण गरिएका घरकाे असार मसान्तसम्म अभिलेखीकरण नगरे कार्वाही हुने

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले घर नक्सा नियमित तथा अभिलेखिकरण गर्न सूचना जारी गरेकाे छ । साेमबार एक सूचना जारी गर्दै असार मसान्तसम्म सम्म आवश्यक कागजात सहित निवेदन दिन भनिएकाे छ । 

सूचनामा भनिएको छ ‘नगरकाे  ११६ औं कार्यपालिकाको बैठकबाट यस अघि घर निर्माण गर्दा नगरपालिकाको इजाजत बिना निर्माण गरिएका घरहरुको हकमा

घरनक्सा अभिलेखीकरण गर्नका लागि २०८१ असार मसान्तसम्म आवेदन खुलाउने निर्णय भएको हुँदा आवश्यक कागजातसहित निवेदन पेश गर्न सम्बन्धित व्यक्ति, सङ्घसंस्था, संस्थान तथा सरकारी निकायहरुलाई समेत अनुरोध गरिएको छ । तोकिएको समयभित्र नक्सा पेश नगरेमा त्यस्ता भवनहरुको विवरण सङ्कलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४, प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड २०७२, राष्ट्रिय भवन संहिता २०६० र यस कार्यालयको निर्णय बमोजिम कार्वाही भई जाने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ’ । प्रमुख प्रशासकीय अधिकृत विनाेद कुमार न्याैपानेद्वारा जारी सूचनामा उल्लेख रहेकाे छ ।

जारी सूचना