कोशी प्रदेश फिचर समाचार स्थानिय

इटहरीका पूर्व मेयर चौधरीले भने “नगरपालिका गेटमै पुग्दा भ्रष्टाचारको गन्ध आयाे

विराटचाेक:  इटहरीका पूर्व नगरप्रमुख द्वारिकलाल चौधरीले इटहरी उपमहानगरपालिका भ्रष्टाचारमा फसेको आरोप लगाएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नगरप्रमुख र उपप्रमुख स्वयं नै भ्रष्टाचारमा संलग्न भएको दाबी गरे।

चौधरीका अनुसार, इटहरीमा तीन वर्षदेखि कुनै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना नभएको र सरोकारवालासँग छलफल नगरी जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले नगरकै बद्नाम भएको बताए ।

उनले २५ शैयाको इटहरी अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने योजना अझै कार्यान्वयन नभएकोप्रति आक्राेस व्यक्त गरे 

१४ करोड रुपैयाँ लागतको इटहरीको गौरव योजना अलपत्र परेको बताउँदै उनले हालका जनप्रतिनिधिहरूको गतिविधिले जनतामा निराषा बढेको उल्लेख गर्दै भने “इटहरीका जनता घाँटीसम्म ठुबिसकेका छन्, अब समयमै सचेत हुनुपर्छ,” उनले भने।

चौधरीले समयमै बजेट ल्याउन असफल भएको कारण जनतामा आक्रोश बढेको बताए। उनले अग्रजहरूले गरेका योगदानलाई सम्मान गर्नुपर्नेमा उल्टै कुल्चिने प्रवृत्ति देखिएकोप्रति चिन्ता व्यक्त गरे।

पत्रकारहरूसँगको विवादको सन्दर्भमा चौधरीले कसैको पनि आत्मसम्मानमा ठेस पुर्‍याउने काम नगर्न चेतावनी दिए। उनले वर्तमान जनप्रतिनिधिहरूमाथि कटाक्ष गर्दै भने, “चुनाव जितेपछि जनताले दिएको टिकट स्वर्गको होइन, नर्कको काटजस्तो बनेको छ।” उनले भने 

२२ वर्षको उमेरमा पहिलोपटक जनप्रतिनिधि बनेको अनुभव सुनाउँदै उनले भने, “त्यो समयमा सडक र कल्भट निर्माणलाई नै विकास मानिन्थ्यो, तर अहिलेको आर्थिक, सामाजिक र विज्ञान-प्रविधिको युगमा त्यसलाई पछ्याउने लक्ष्य लिनुपर्ने धारणा व्यक्त गरे ।