फिचर मनोरंजन/कला साहित्य समाचार

इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता 

इटहरी । त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक तथा समालाेलक इटहरी निवासी डा. रामजी तिम्सिना  बेपत्ता भएका छन । पिडित परिवारले उनकाे खाेजि गरिदिन इटहरी प्रहरीमा निवेदन दिएका छन । उनि गत असार १९ गते बिहान देखि बेपत्ता भएका हुन । घरका परिवार सदस्यहरू निदाएकाे बेला बिहानै एक चिर्कटाे छाडेर उनि बेपत्ता भएका हुन । उक्त चिर्कटाेमा  ‘म बराहक्षेत्रमा जलसमाधि लिदैँछु । अलबिदा ।’ लेखेर बेपत्ता भएका हुन् ।उनले त्याे पत्र किन लेखे साे खुलेकाे छैन । यद्यपी उनकाे खाेजी कार्य भइरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।  

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा अध्यापन गराउदै आएका छन् । विशेष गरी साहित्य क्षेत्रमा रूची राख्ने उनि एक समालाेचककाे रूपमा मानिन्छन ।