फिचर समाचार

इटहरीमा सिटि सफारीलार्ई टाईम कार्ड लगाएपछि सुन्दरहरैंचाका चालक आन्दोलित

सुन्दरहरैंचा / इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरू आन्दोलित भएका छन । उनीहरूले बुधबार सुन्दरहरैँचा नगरपालिकामा गेट अगाडि नाराबाजी समेत गरेका थिए । त्यसपछि बलिया क्षेत्रमा केही समय यातायात अवराेध गरेर बिराेध जनाएका थिए । साे क्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईँले इटहरीले यश अघि गरेको सहमति बिपरित कार्य गरेकाले यसका बिरूद्द सबै आगामी दिनमा लाग्ने बताएका छन् ।

इटहरीका सवारी साधन सुन्दरहरैंचा नगपालिकामा निर्वाद बिना टाइम कार्ड समेत  आवाजत हुने तर छिमेकी पालिका सुन्दरहरैंचा नगरपालिकाको इ-रिक्सा सवारी साधानलाई प्रवेशमा रोक्ने र अनावश्यक दु:ख दिएपछि चालकहरु प्रदर्शनमा उत्रिएका हुन।

 केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् सहमतिमा पुनः प्रवेश खुल्ला गरेको थियो ।

 इटहरी उपमहानगरपालिकाले पार्किङमा समस्या भएको  भन्दै इटहरी बाहिरबाट आउने सिटि सफारीहरुलाई प्रवेश गर्न रोक लगाएको छ । 

अन्य पालिकामा दर्ता भएका सिटी सफारीका कारण पार्कीङ्ग व्यवस्थापनमा समस्या भएको भन्दै इटहरी उप महानगर पालिकाले मंगलबारदेखि सफारीमा टाइम कार्ड लागू गरेको थियो । छिमेकी पालिकाहरूबाट इटहरी  नगर क्षेत्रभित्र  सिटी सफारीहरू माल सामान र यात्रु लिएर प्रवेश गर्न पाए पनि फर्की हाल्नु पर्ने नयाँ व्यवस्था सहितको टाइम कार्ड लागू भएको हो ।