इटहरी, चैत ५ / अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवस २०२५ कोअवसरमा इटहरी नमुना कलेजले रक्तदान कार्यक्रम आयोजना गरी ७७ पिन्ट रगत संकलन गरेको छ। मंगलबार ग्रीनपिस लिङ्कन कलेजको प्राङ्गणमा सम्पन्नभएको थियो। कार्यक्रममा इटहरी नमुना कलेज र ग्रीनपिस लिङ्कनकलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीयसहभागिता रहेको थियो।
यो रक्तदान कार्यक्रम विराट टिचिङ अस्पतालको सहकार्यमा सम्पन्नभएको हो। रक्तदानका लागि उत्साहित विद्यार्थीहरूले स्वेच्छिक रूपमासहभागिता जनाएका थिए भने सामाजिक कार्य विभागकाविद्यार्थीहरूले स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गरेकाथिए। कार्यक्रम व्यवस्थित बनाउन, रक्तदाताहरूको नाम दर्ता गर्न,आवश्यक निर्देशन दिन तथा वातावरण सहज बनाउन सामाजिककार्यका विद्यार्थीहरूले सहयोग गरेका थिए।

इटहरी नमुना कलेजले विगतका वर्षहरूदेखि नै सामाजिक कार्यमासक्रियता देखाउँदै आएको छ। कलेजका सामाजिक कार्य संकायप्रमुख नितेश गौतम का अनुसार रक्तदानले समाजमा रहेको रगतअभाव कम गर्न मद्दत गर्ने मात्र नभई, विद्यार्थीहरूलाई सामाजिकउत्तरदायित्वबारे सचेत गराउने उद्देश्य पनि राख्छ। उनले भने, “रक्तदानएक महान् सेवा हो। यसले कसैको जीवन बचाउन सक्छ। यस्ताकार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्याउँछ र परोपकारकोभावना विकास गर्छ।”
रक्तदान कार्यक्रममा सहभागी व्यक्तिहरूलाई विराट टिचिङअस्पतालले विशेष सहुलियत कार्ड उपलब्ध गराएको छ। यसकार्डमार्फत ओपीडी, ल्याब परीक्षण, युएसजी, ईसीजी, एक्स-रे, सिटी स्क्यान, एमआरआई, सल्यक्रिया, आइसियु, औषधि तथाजनरल बेड लगायतका विभिन्न स्वास्थ्य सेवामा १०% देखि १००%सम्मको छुट प्रदान गरिनेछ। रक्तदान गर्नेहरूका लागि यस्तोसहुलियतले थप प्रोत्साहन गर्ने कलेज प्रशासनको विश्वास छ।
यस वर्षको अन्तर्राष्ट्रिय सामाजिक कार्य दिवसको नारा “सबैलाईसाथ दिऔं, सुन्दर भोलि बनाऔं” रहेको छ। सामाजिक कार्यकोमहत्व झल्काउने यो नाराले सहयोग, सद्भाव र सामाजिकउत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिन्छ। इटहरी नमुनाकलेजका प्रमुख धर्म न्यौपाने का अनुसार, “कलेजले चैत महिनाभरसामाजिक कार्यसँग सम्बन्धित विभिन्न सचेतनामूलक तथाअन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ। रक्तदान कार्यक्रमयसको पहिलो चरण हो।”
इटहरी नमुना कलेजले स्थापनाकालदेखि नै समाजसेवा तथासामाजिक उत्तरदायित्व बहन गर्दै आइरहेको छ। हरेक वर्षअन्तर्राष्ट्रिय सामाजिक कार्य दिवसको अवसरमा विविध कार्यक्रमहरूसञ्चालन गर्दै आएको कलेजले यस वर्ष पनि महिनाभर सामाजिकसचेतना कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ।रक्तदानजस्तो कार्यक्रमले समाजमा परोपकारको भावना जगाउने ररक्त अभाव कम गर्न योगदान पुर्याउने विश्वास कलेज प्रशासनलेलिएको छ।