विराटचाेक : सुनसरीको धार्मिक पर्यटकीय क्षेत्र इटहरीको मुक्तिधाममा सप्ताहव्यापी उदघोषण तथा भाषणकला तालिम कार्यक्रम आइतबार सम्पन्न भएको छ।
श्रीकृष्ण प्रणामी बाइजुराज महिला इकाई समिति इटहरीको आयोजना नेतृत्व र ब्यक्तित्व क्षमता विकास संगै धर्म संस्कृति संरक्षण तथा बिकास गर्ने हेतुले तालिमको आयोजना गरेको थियो। इकाई समितिका अध्यक्ष तुलसा ओझाको सभाध्यक्षतामा माघ २२ गते देखि २८ गते सम्म सुरु भएको उक्त तालिममा ४० जना बढी सहभागीले तालिम लिनुभयो।
सप्ताहव्यापी तालिम रात्रिकालीन समय ७:०० बजे ९:०० बजे मुक्तिधामको सभाहलमा संचालन हुदैं आएको थियो।
अडियो,भिडियो सहित मनोबैज्ञानिक, मैत्रीपूर्ण तथा विभिन्न खेल बिधिबाट तालिमको प्रशिक्षण नेपाल जेसिज बर्ष २०२३ का मास्टर टट तथा संचारकर्मी एलएन गच्छदारले सात दिनसम्म सहजीकरण गर्नुभएको थियो।
तालिममा सहभागी भएका ब्यक्तिले तालिम लिन पाएकोमा उत्साहित र खुसि ब्यक्त गरेका छन् भने तालिम उपलब्धिमुलक रहेको प्रतिक्रिया दिदै यस किसिमको तालिम सिकईबाट आफुहरु निकै प्रभावित रहेको धारणा राखेका छन। समापन तालिम कार्यक्रमका प्रमुख अतिथि श्रीकृष्ण प्रणामी प्रतिष्ठान नेपालका अध्यक्ष सन्त श्री १०८ कृष्णदासजी महाराजले सम्बोधन गर्दै भाषणकला महत्वपुर्व वाक कला भएको भन्दै सिक्ने बिषय कहिल्यै अन्त्य नहुने भन्दै तालिमबाट सिकेका सिपलाई ब्यबहार प्रयोग नल्याए सम्म औंचित्य नहुने धारणा ब्यक्त गर्नुभयो।
साथै महाराजले सिकाईबाट ब्यबहारिक ज्ञान पाउनुका साथै समाज र राष्ट्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्न सकिने बिषयमा जोड दिनुभयो।
सो कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषदका केन्द्रीय सल्लाहकार पिताम्बर भट्टराई, केन्द्रिय उपाध्यक्ष टंक ओझा लगायतले तालिममा आफ्ना धारणा राख्नुभयो।
समापन कार्यक्रममा धर्मप्रचारक महाराज राजन सुवेदी, श्रीकृष्ण प्रणामी बाइजुराज जिल्ला सुनसरी अध्यक्ष छबि ओझा, धनकुटा अध्यक्ष मिना ओझा लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको संचालन बाइजुराज संघ मुक्तिधामका सचिव हरीमाया अधिकारीले गर्नुभयो।