फिचर शिक्षा समाचार

इटहरी रकर्स हेल्पिङ हेन्डस्सद्वारा विशेष कक्षाका विद्यार्थीलाई पंखा प्रदान 

विराटचाेक: विशेष कक्षाका विद्यार्थीलाई पंखा वितरण गरिएको छ । माेरङकाे साजीलाल माध्यमिक विद्यालय गछिया ब्लक सुन्दरहरैँचा ७ मा अध्ययनरत विद्यार्थीकालागि इटहरी रकर्स हेल्पिङ हेन्डस्ले पंखा प्रदान गरेकाे हाे । 

अपाङ्गता भएका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयलाई ३ वटा पंखा प्रदान गरिएको हाे । सामाजिक सन्जालमा जाेडिएर बनेकाे हेल्पिङ हेन्डस्ले विभिन्न क्षेत्र सहयाेग गर्दै आएकाे हेल्पिङ हेन्डस्सका सदस्य अनिल पाेख्रेलले बताउनुभयो । 

स्कुलका अध्यक्ष ज्ञानेन्द्र ओझाले विद्यालयलाई सहयाेग गर्ने संस्थालाई धन्यवाद दिदै आगामी दिनमा नगरका अन्य क्षेत्रमा पनि सहयाेग गर्न आग्रह गर्नुभएको थियाे । 

याे विद्यालयकाे गछिया ब्लकमा २२ जना अपाङ्गता भएका विद्यार्थी समेत गरी ४ सय २२ जना अध्यनरत रहेका छन् ।