विराटचाेक: इद्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि. को नयाँ नेतृत्व चयन भएको छ।
मोरङको सुन्दरहरैंचा-९ मा कार्यालय रहेको उक्त सहकारीले निर्वाचन कार्यक्रम सार्वजनिक गरी विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको हो।
कार्तिक २१ गते निर्वाचन समिति संयोजक गणेशप्रसाद दाहालद्वारा जारी उम्मेदवारको संशोधित अन्तिम नामावली अनुसार, अध्यक्षमा गोपालप्रसाद पौडेल, उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा र कोषाध्यक्षमा सुशीला सुवेदी चयन भएका छन्।
निर्वाचन कार्यतालिका अनुसार, दावी-विरोध उम्मेदवारी फिर्ता गरी सर्वसम्मत चयन हुने सञ्चालक समिति सदस्यहरूमा सोमराज गुरागाई, राजाबाबु सुवार, विष्णु प्रसाई, अर्जुन गजुरेल, तारामान पौडेल, गोविन्द बहादुर थापा र विन्दुकुमारी भट्टराई चयन भएका छन्।
लेखा समिति संयोजकमा गंगाराम फुयाल, सदस्यमा खेम कट्टेल र निर्मला गौतम चयन भएका छन्।
निर्वाचित भएको नयाँ समितिले आगामी कार्तिक २९ गते हुने २४ औं वार्षिक साधारणसभाबाट नेतृत्व सम्हाल्ने छ। संस्थाको साधारणसभा इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको सभाहलमा हुने बताइएको छ।
अहिले संस्था रामप्रसाद गजुरेलको नेतृत्वमा सञ्चालन भइरहेको छ।