फिचर समाचार सूचना प्रबिधि

इन्द्रपुर जेसीजकाे आयाेजनामा  साइबर सेक्युरिटी सचेतना सम्बन्धि वर्कसप 

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा साइबर सेक्युरिटी एण्ड साेसल इन्जिनियरिङ वर्कसप सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । इन्द्रपुर जेसीजकाे आयाेजनामा क्याम्पसमा अध्ययनरत बीबीए प्रथम वर्षका विद्यार्थीलाई लक्षित गरि कार्यक्रम गरिएको हाे

उक्त कार्यक्रमकाे प्रशिक्षण सञ्चारकर्मी सुरेश दाहालले गरेका थिए । उनले सामाजिक सन्जाल प्रयाेग गर्दा ध्यान दिनुपर्ने कुराहरूका बारेमा जानकारी गराएका थिए । यस्तै सामाजिक सन्जाल खासगरी फेसबुकमा धेरै समस्या आउने गरेको भन्दै त्यसबाट बच्ने उपायका बारेमा जानकारी दिएका थिए  । फेसबुक चलाउदा धेरै कुरामा ध्यान नदिदा ह्याक हुने र त्यसबाट बच्न विभिन्न सेटिङलाई मिलाउन आवश्यक रहेकाे बताए । यसैगरी इमेल, इन्टरनेटकाे प्रयाेग गर्दा अपनाउनुपर्ने कुराहरूका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए । 

इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापाले सामाजिक सन्जालबाट हुने गरेको साइबर अपराध बाट बच्न विद्यार्थीलाई सहयाेग पुग्ने उदेश्यले कार्यक्रम राखिएको बताए । विद्यार्थीमा केही ज्ञान हाँसिल गर्न सके यसबाट बच्न र सामाजिक सन्जाल प्रयाेग गरिरहदा ह्याक हुनबाट बच्ने उपायबारे जानकारी दिइएको उनले बताए  । 

कार्यक्रममा प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख बलराम पाेख्रेल रहेका थिए । उनले  सामाजिक सन्जाल प्रयाेगकर्तालाई धेरै उपयोगी कार्यक्रम रहेकाे बताए । कार्यक्रम संयाेजक अजित बान्तवाले पछिल्लो समय सामाजिक सन्जालका कारण धेरै घटनाहरू हुने गरेकाले यसबाट बच्न सहयोग पुग्ने हेतुले कार्यक्रम राखिएको बताए  । कार्यक्रमकाे सञ्चालन इन्द्रपुर जेसीजकका महासचिव आकाश दुलालले गरेका थिए ।