फिचर मनोरंजन/कला साहित्य समाचार

इन्द्रपुर जेसीजकाे २२ औं पदस्थापन सम्पन्न 

सुन्दरहरैचा / इन्द्रपुर जेसिजको २२औं र इन्द्रपुर जुनियर जेसिजको ६औं पदस्थापन एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्य तथा इन्द्पुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायको अध्यक्षतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो ।

   पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिजकी वर्ष २०२३की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४का अध्यक्ष उत्सव थापालाई जेसिज चेन सहित पदभार हस्तान्तरण गरिन ।

त्यसै गरी जुनियर जेसिज वर्ष २०२३का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे ।

वर्ष २०२४का लागि इन्द्रपुर जेसिजको नयाँ कार्यसमितिमा उपाध्यक्ष निरु बजगाई , गोपाल दाहाल, रामप्रसाद ढकाल, अल्का सुवेदी , कार्यकारी उपाध्यक्षमा रमेश खतिवडा , समिर बस्नेत जनसम्र्पक अधिकारीमा दिवस मिजार चयन भएका छन ।महासचिवमा आकाश दुलाललाई अध्यक्ष थापाले चयन गरेका छन् । 

पदस्थापना कार्यक्रममा कोशी प्रदेशका पुर्व राज्य मन्त्री राजकुमार ओझा ,कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी , सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाई , पुर्व नगरप्रमुख शिव प्रसाद ढकाल नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भिम कुँवर तथा विभिन्न स्थानका जेसिज अध्यक्षहरु लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमकाे संयाेजक लाेकप्रकाश भट्टराई जीवनले गरेका थिए ।