Uncategorized फिचर समाचार स्थानिय

इन्द्रपुर जेसीज सप्ताह अन्तर्गत आयाेजित साईकल रेसमा  दिपान्सु प्रथम

विराटचाेक: इन्द्रपुर जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तरगत तेस्रो दिन साईकल रेस सम्पन्न भएको छ । विराटचाेक बाट सुरू भएको रेस हरैँचा बजार सम्म पुगेकाे थियाे । साे प्रतियोगितामा दिपान्सु राई प्रथम भएका छन् । यस्तै दाेस्राे निमा शेर्पा, तेस्रो साैगात थापा भएको आयाेजकले जनाएको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला राईडर निक्की नेम्वाङ, नन गियर स्पेश अवाड नित्यानन्द पण्डित र माेहम्मद सफराज मिया भएका छन् । सुनसरी, उदयपुर लगायत छिमेकी जिल्लाबाट ५६ जना धावकहरू प्रतियोगितामा सहभागी भएका थिए । खेलकुदसंगै स्वास्थ्य, मनाेरञ्जन र पर्यटन क्षेत्रकाे प्रवर्द्धनमा साईक्लिङ युवा पुस्ताकाे राेजाईमा पर्ने भएकाले यसकाे प्रबर्द्धन र खेलाडीलाई हाैसला प्रदान गर्न याे कार्यक्रम राखिएको इन्द्रपुर जेसीज अध्यक्ष विना सुवेदी आचार्यले बताईन् । कार्यक्रममा सुन्दरहरैँचा साईकल राइडर्स क्लबका उपाध्यक्ष रामकृष्ण खड्काले यश कार्यक्रमले खेलाडीलाई आगामी दिनमा अघि बढ्न सहज हुने बताए ।
कार्यक्रम उद्घाटन इन्द्रपुर जेसीजका संस्थापक अध्यक्ष कृष्णबाबु ढकाले गरेका थिए भने सञ्चालन महासचिव समीर बस्नेतले गरेका थिए ।