विराटचाेक : उद्योग संगठन माेरङले व्यवसायीक हक हितकालागि क्रियाशील उद्योग वाणिज्य संघसंगकाे भ्रमण संगै अन्तरक्रिया सुरू गरेकाे छ । शुक्रबार सुन्दरहरैँचा उद्योग वाणिज्यका पदाधिकारी साथै पूर्व अध्यक्षसंग एक कार्यक्रम आयाेजना गरि अन्तरक्रिया गरेको हाे ।

अन्तरक्रिया कार्यक्रममा खासगरी व्यापार व्यवसाय सुस्ताउदै गएकाे वर्तमान अवस्थालाई समस्याकाे पहिचान गरि यस्ताे समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने विषय छलफलमा उठाईएकाे सुन्दरहरैँचा उद्योग वाणिज्य संघका महासचिव नारायण कार्कीले बताए । यस्तै व्यापार व्यवसाय प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको उनले बताए

साझा रूपमा रहेका समस्याहरू जस्तै बैंककाे ब्याजदर, सरकारकाे नीति, स्थानीय व्यवसायीका समस्या लगायत विषयलाई समाधानका लागि उद्योग संगठनसंग महत्त्वपूर्ण छलफल भएको समेत महासचिव कार्कीले बताए ।
उद्योग वाणिज्य संघकाे अगुवाइमा निर्माण भएका सार्वजनिक शाैचालय, बन्द निषेधित क्षेत्र, यहाँकाे राजनीतिक संस्कार, यश क्षेत्रका उद्योग, व्यवसायका बारेमा समेत जानकारी गराईएकाे महासचिव कार्कीले बताए ।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले ३ हजार भन्दा धेरै सदस्य रहेकाे याे संस्थाले यश क्षेत्रमा रहेका ठुला तथा साना व्यापारीका समस्या समाधान गर्दै सामाजिक रूपमा समाज सुधार गर्दै आएकाे बताएका थिए ।
अफिसियल चेम्बर भ्रमण तथा बिटुबि मिटिङकाे रूपमा अन्य विभिन्न शाखाहरूकाे समेत भ्रमण हुने संगठनले जनाएको छ । कार्यक्रममा उद्योग संगठन माेरङका अध्यक्ष राकेश सुराना सहित अन्य पदाधिकारीकाे उपस्थिति रहेकाे थियो ।