फिचर समाचार स्थानिय

उपनिर्वाचन इलाम २- एमाले उमेदवार नेम्वाङ अग्रता फराकिलो बनाउदै

उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । १८ हजार ९४८ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार २८२ को मतान्तर बनाएका हुन् ।

सुहाङले ७ हजार ६७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार ३९५ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ५८ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १६२ मत सहित चौथो स्थानमा सीमित छन् ।