कोशी प्रदेश फिचर राजनीति समाचार

उर्लावारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा परित्याग गरि एमालेमा प्रवेश

उर्लाबारी । तत्कालीन माओवादी केन्द्र उर्लाबारीका प्रभावशाली नेता मिलन दाहाल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । हाल नेकपामा रहेका दाहाललाई एमालेले औपचारिक कार्यक्रममार्फत पार्टीमा स्वागत गरेको जनाएको छ ।

गत स्थानीय तह निर्वाचनमा उर्लाबारीमा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्न सफल दाहालको एमाले प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँको प्रवेशले उर्लाबारीमा एमाले अझ बलियो हुने विश्लेषण गरिएको छ ।

एमालेका स्थानीय नेताहरूले दाहालजस्तो जनाधार भएका नेताको आगमनले पार्टी संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । नवप्रवेशी दाहाललाई एमालेबाट मोरङ १ का उम्मेदवार घनश्याम खतिवडा लगायतले खादा तथा टीका लगाएर स्वागत गर्नुभयो ।

पार्टी प्रवेशपछि दाहालले देश र जनताको हितका लागि एमालेमार्फत सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
#morangkhabar