कोशी प्रदेश फिचर शिक्षा समाचार सूचना प्रबिधि स्थानिय

एनप्याब्सन काेशी प्रदेशद्वारा ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला सम्पन्न

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसाेसिएसन नेपाल (एनप्याब्सन) कोशी प्रदेशको आयोजनामा ‘विद्यालय शिक्षामा परिवर्तनकारी नेतृत्व’ विषयक कार्यशाला कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रम मोरङको सुन्दरहरैंचा–९, सलकपुरस्थित रोयल पार्टी प्यालेसमा आयोजना गरिएको थियो। कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी संस्थापक प्रिन्सिपल तथा शिक्षकहरूको शैक्षिक र संगठनात्मक विकासलाई लक्षित गर्दै कार्यशाला सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा प्रगतिशील शिक्षा, २१ औं शताब्दीको स्मार्ट सिकाइ, विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) पाठ्यक्रम लगायतका समसामयिक विषयहरूमा विस्तृत छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो।

विद्यालय शिक्षामा नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत गुणस्तरीय शिक्षा विस्तार गर्नुपर्नेमा जोड 

दिन कार्यक्रम आयाेजना गरिएको एनप्याब्सन कोशी प्रदेशका सहसचिव कमल खनालले बताउनुभयो ।

सहभागीहरूले कार्यक्रमबाट नयाँ ज्ञान, विचार र प्रेरणा प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। कार्यक्रमका प्रमुख अतिथि एनप्याब्सनका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य गीता राणा रहनुभएको थियो। कार्यक्रममा एनप्याब्सनका महासचिव प्रताप बहादुर थापा, शिक्षासेवी  श्रतृराज सापकोटा, पाण्डव हमाल ठकुरी, सूर्यबहादुर अधिकारी, कुमार बहादुर भट्टराई लगायतको उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता एनप्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेलले गर्नुभएको थियाे भने कोशी प्रदेशका विभिन्न जिल्लाबाट करिब १५० जना सहभागी भएका थिए।