Uncategorized

एनप्याब्सन माेरङद्वारा जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटचाेक: निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) ले मोरङमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ। शनिबार सुन्दरहरैँचा नगरपालिकास्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो।

प्रतियोगितामा सिनियर तर्फ पिनाकल ज्ञान मन्दिर कानेपोखरी प्रथम भएको छ । यस्तै ब्राइट सनराइज इङ्गलिस स्कुल दाेस्राे , ज्ञानोदय सेकेन्डरी इङ्गलिस स्कुल बेलबारी तेस्राे, कसेनी मोडल इङ्गलिस स्कुल बेलबारी चाैथाे भएको छ । जुनियर तर्फ ज्ञानोदय सेकेन्डरी स्कुल बेलबारी प्रथम, डेल्टा इङ्गलिस स्कुल बेलबारी दाेस्राे, चिनारी इङ्गलिस बोर्डिङ स्कुल पथरी तेस्रो पिनाकल ज्ञान मन्दिर कानेपोखरी चाैथाे भएको छ । प्रतियोगितामा बिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरप्रमुख केदारप्रसाद गुरागाईंले बालबालिकाको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रमको महत्त्व रहेको बताए। उनले विद्यार्थीको व्यवहार, अनुशासन, खेलकुद र सामाजिकीकरणमा समेत जोड दिनुपर्ने कुरामा जोड दिए।

बेलबारी नगरपालिका एनप्याब्सन अध्यक्ष पर्वत राईले पालिकाबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रतिभालाई जिल्लादेखि केन्द्रसम्म लैजानुपर्ने बताए।

प्याब्सन मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवालले निजी विद्यालयहरूले दुरदराजका बालबालिकालाई शिक्षा दिने काम गरिरहेको उल्लेख गर्दै, नियमनको नाममा अवरोध नगर्न सरकारलाई आग्रह गरे। उनले हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको ज्ञान र दायरा बढाउने र सिकाइ नै ठूलो उपलब्धि भएको बताए।

कार्यक्रममा प्राथमिक तहबाट १४ र माध्यमिक तहबाट ११ गरी कुल २५ विद्यालयको सहभागिता रहेको थियो। समारोहमा नगर प्रवक्ता रोशनप्रसाद ढकाल, एनप्याब्सन कोशी प्रदेश सहसचिव कमल खनाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता एनप्याब्सन जिल्ला अध्यक्ष नारायण प्रसाद ढकालले गरेका थिए।