विराटचोक: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) मोरङले माघ १६ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम सुन्दरहरैँचा ८ स्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टग्राममा हुनेछ। अध्यक्ष नारायण ढकालका अनुसार कार्यक्रममा लोक नृत्य, चित्रकला, हस्तलेखन र विज्ञान प्रदर्शनी प्रतियोगिता हुने जनाईएकाे छ । याे कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र नेतृत्व विकासमा सहयोग पुग्नेछ।
अहिले एनप्याब्सन आबद्ध १ सय १५ विद्यालय मोरङमा रहेका छन् जसमध्ये ५० भन्दा बढी विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने आयाेजकले जनाएको छ। कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य गिता राणाले गर्नेछिन्।
कोशी प्रदेश सहसचिव कमल खनालले यसलाई प्रदेशकै उत्कृष्ट कार्यक्रमका रूपमा हुने अपेक्षा राखिएको बताएका छन् । विद्यार्थीको क्षमता विकासमा याे कार्यक्रमकाे अत्यन्तै महत्वपूर्ण भूमिका रहने बताएका छन् । कार्यक्रममा उत्कृष्ट हुने विद्यालयलाई विधा अनुसार नगद सहित प्रमाणपत्र, ट्रफी प्रदान गरिने बताईएकाे छ ।