राजनीति समाचार

एमालेले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र

नेकपा एमालेले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र गरेको छ। सोमबार बसेको पार्टी सचिवालयले मञ्च सञ्चालन, प्रयोगसम्बन्धी निर्णय गरेको भन्दै उपमहासचिव विष्णु रिमालले सार्वजनिक कार्यक्रममा अध्यक्षको मात्र फोटो राख्ने बताएका हुन्। ‘हिजो एमालेको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालयको हालैको सार्वजनिक कार्यक्रम व्यवस्थापनसम्बन्धी निर्णय सार्वजनिक गर्नुभयो। उहाँको उद्घोषलाई हलभरि उपस्थित सयौंको संख्याका उद्यमी, व्यवसायी र आमन्त्रित विभिन्न तह तथा तप्काका व्यक्तिहरूले ताली बजाएर स्वागत गर्नुभयो,’ उनले भनेका छन्।

एमालेका कार्यक्रममा भद्दा आसन ग्रहण निषेध, फूलमाला र खादा निरूत्साहित गरिने
कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको उनले बताएका छन्। त्यस्तै मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढङ्गले आसनको व्यवस्था मिलाउने निर्णय भएको बताएका छन्। उपमहासचिव रिमालले कार्यक्रममा तथा कार्यक्रम सुरू भएपछि आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने, कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भड्किलो नबनाउने निर्णय भएको पनि उल्लेख गरेका छन्। पार्टी अध्यक्ष ओलीले पनि सामाजिक सञ्जालमा आएका सुझावलाई ध्यानमा राखेर मञ्च सञ्चालनसम्बन्धी नयाँ परिपाटीको थालनी गरेको बताएका थिए। सेताेपाटी

One thought on “एमालेले सार्वजनिक कार्यक्रम, मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो राख्न परिपत्र

  1. **femipro**

    femipro is a dietary supplement developed as a natural remedy for women facing bladder control issues and seeking to improve their urinary health.

Leave a Reply

Your email address will not be published. Required fields are marked *