लेटाङ / नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गृहनगर आएर दुःख पीडामा परेका जनतासँग भेटघाट तथा नगर अस्पताल अनुगमन गर्नु भएको छ । नेकपा एमालेको सम्वृद्धिका लागि संकल्प अभियान सकेर गृहनगर लेटाङ आइपुग्नु भएका अध्यक्ष खतिवडाले दुःख पीडामा परेका नगरवासीसँग भेटघाट तथा नगर अस्पताल अनुगमन गर्नु भएको हो ।
उहाँले रुस युक्रेन युद्धका क्रममा युक्रेनी सेनाद्वारा बन्दी बनाइएका लेटाङ ३ का विकास राईको घरमा पुगेर परिवारसँग भेटघाट गरि सान्त्वना दिनु भएको छ । उहाँले नेपाल सरकार र दुतावाससँग समन्वय गरि विकासलाई नेपाल फर्काउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
पूर्व सांसद समेत रहेका अध्यक्ष खतिवडाले लेटाङ ३ विरनमा रहेको नगर अस्पतालको अुनगमन गरि सेवा प्रवाह र बस्तुस्थिति बारे जानकारी लिनु भएको छ । लेटाङ ३ का वडाध्यक्ष समेत रहेका नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डम्बर राईले अस्पतालले सेवा प्रवाहमा सुधार गरेको भएपनि भौतिक संरचना अभावका कारण समस्या भएको बताउनुभयो ।
जवाफमा अध्यक्ष खतिवडाले इमर्जेन्सी सेवा भवनको व्यवस्थापन लगायतका भौतिक संरचना निर्माणका लागि आफुले प्रदेश र संघीय सरकारसँग समन्वय गरि पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा नेकपा एमाले लेटाङ नगर कमिटी सचिव जीतबहादुर लामा लगयात नगरका अग्रज वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।
यस्तै प्रदेश अध्यक्ष खतिवडाले लेटाङ ३ निवासी स्वर्गिय मैनादेवी घिमिरेको निवासमा पुगि श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गर्नु भएको छ ।