विराटचाेक: बालकोटको आधिकारिक उम्मेद्वार को हो भनेर नटुङ्गिपनि काेशी प्रदेशमा एमाले नेताहरूले आ-आफ्नो दावि प्रस्तुत गर्न थालेका छन् । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा उपाध्यक्षमा किशोर चन्द्र दुलाल र सह-सचिवमा अनुभुति बम नेपालीले उमेदवारी दिने भएका छन् ।
प्रदेश सभाका सदस्य एवम् एमाले प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका तेह्रथुमका दुलालले उपाध्यक्षको आफ्नो दाबी रहेको बताए । आगामी असोज १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधि चयन भइसकेपछि नेताहरूले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । दुबै तेह्रथुमका नेता हुन् ।