खेलकुद फिचर समाचार

एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य

विराटचाेक एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पाले केलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रन बनाए, उनले सात चौका प्रहार गरे ।

यस्तै सोमपाल कामीले दुई छक्का र एक चौकासहित ४८ रन बनाए । कुशल भुर्तेलले तीन चौका र दुई छक्का सहित ३८ बनाए । दीपेन्द्रसिँह ऐरीले २५ बलमा २९ रन बनाए । गुल्शन झाले २३ रन बनाए । यस्तै, भीम सार्की ७, कप्तान रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । सन्दीप लामिछानेले ९ रन बनाए भने ललित राजवंशीले खाता पनि खोल्न सकेनन् । भारतका रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३र३ विकेट लिए । भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।