विराटचाेक: मोरङको सुन्दरहरैँचास्थित नेपालीरिका हाेटलमा आयोजित तेस्रो ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेट कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको छ ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा भएको कार्यक्रममा राजकुमारी पाण्डे, मेनुका राउत, हरि रोकाया, विधान लामा, डम्बर कुँवर, पार्वती थापा, रामबहादुर गिरी, गंगाराम डंगोल, डम्बरदत्त भट्ट, विष्णुबहादुर सिंह, ऋषिराम प्रधान र टिकाबहादुर बोगटीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, एसोसिएसनका अध्यक्ष दिपक विष्ट र बोर्डका सदस्य सचिव हंशराज वाग्लेले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले देश तथा विदेशका ओलम्पिक खेलाडीलाई प्रदेशका विविध स्थानमा उभ्याउन पाउनु गर्वको विषय रहेको सुनाए । अनुशासन र मेहनतले खेलाडीको व्यक्तिगत प्रतिभा मात्र नभएर देशको पहिचान पनि बढ्ने औँल्याउँदै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रको विकासका लागि आफू नेतृत्वको सरकार कम्मर कसेर लागिपरेको बताए
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले देशलाई चिनाउने ओलम्पियनहरूलाई पुनर्मिलन गराउनु खुसीको कुरा रहेको बताए ।
नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्टले चुनौतीका बीच तेस्रोपटक ओलम्पियन्सको पुनर्मिलन गराएको बताउँदै पर्यटन प्रवर्धन गर्ने अर्को उद्देश्य पनि रहेकाले कार्यक्रम थप फलदायी हुने बताए ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले स्वागत मन्तव्य राख्दै पूर्वघोषणाअनुरूप आयोजना भएको पुनर्मिलन कार्यक्रमले नयाँ युवा प्रतिभामा पनि हौसला मिल्ने बताए ।
।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रममा ६० जना नेपाली ओलम्पियन्स खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीको सहभागिता रहेको थियो ।ओलम्पियन्स पुनर्मिलन कार्यक्रममा अस्ट्रिया, मलेसिया, सिंगापुर, बेलायतका छजना ओलम्पियन्स खेलाडीहरु समेत सहभागी थिए ।