फिचर समाचार स्थानिय

कनकलक्ष्मी बचत तथा ऋण सहकारीकाे अध्यक्षमा नागेश पाेख्रेल चयन

विराटचाेक : माेरङकाे सुन्दरहरैँचामा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारीकाे अध्यक्षमा नागेश पाेख्रेल चयन भएका छन् । शुक्रबार भएको संस्थाकाे चाैथाे वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा मातृकाप्रसाद ढकाल, सचिव अर्जुनकुमार खत्री तिम्सिना, सहसचिव अन्जना संग्राैला, काेषाध्यक्ष हिरण्य कालेखेती चयन भएका हुन् ।

यस्तै सदस्यमा भक्तिप्रसाद ढकाल, पाेष्ठकुमार श्रेष्ठले, विष्णुकुमारी राई, विना ढकाल, इन्द्रकृष्ण श्रेष्ठ, बालकृष्ण दाहाल चयन भएका छन् । यसैगरी लेखा समिति तर्फ संयाेजकमा लुवराव आचार्य, सावित्रा सिवाकोटी,विरबहादुर मगरलाई चयन गरेको छ । निर्वाचित सबै सदस्यले पद तथा गाेपनियताकाे सफत समेत लिएका छन् ।

कार्यक्रम सस्थाका अध्यक्ष अर्जुनराज अधिकारीकाे सभापतित्वमा भएको थियोे भने कार्यक्रमकाे प्रमुख अतिथि नेप्सुन पूर्व उपाध्यक्ष केशवप्रसाद पाेख्रेल रहेका थिए ।