विराटचाेक: सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक ऎन २०८० मा उल्लेखित कर, दस्तुर, सेवा शुल्क सम्बन्धि समस्या समाधानकालागि गठित समितिले आफ्नाे कार्य सम्पन्न गरी नगरप्रमुख केदारप्रसाद गुरागाई समक्ष प्रतिवेदन पेश गरेकाे छ ।
बिहीबार वडा नम्बर १२ का वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा गठित विज्ञ सहितकाे समितिले नगरप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे ।
प्रतिवेदन बुझ्दै नगरप्रमुख गुरागाईँले अब याे प्रतिवेदन नगरपालिकाकाे निश्चित विधि, प्रकृया अनुसार अघि बढ्ने बताउनु भयाे ।
अब याे प्रतिवेदन माथि राजश्व परामर्श समितिमा छलफल गरी कार्यपालिका बैठकमा पेश हुने छ । त्यसपछि कार्यपालिकामा छलफल गरी नगरसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउने छ ।
गठित समितिकाे विज्ञकाे रूपमा पूर्व प्रशासक प्रेमप्रकाश उप्रेति र गणेश तिम्सिना रहनुभएकाे थियाे । यस्तै समितिमा वडा अध्यक्ष प्रकाश श्रेष्ठ, भुवनसिंह आले, कार्यपालिका सदस्य बविता खापुङ्, टुना कुमारी विश्वकर्मा रहनुभएकाे थियाे भने सदस्य सचिवमा इन्जिनियर प्रदिप राई रहनुभएकाे थियाे ।
उक्त प्रतिवेदन ग्रहण गर्दै नगरप्रमुख गुरागाईँले भाेलि शुक्रबार नै कार्यपालिकाकाे बैठक बाेलाई नगरसभाकाे मिति ताेक्ने बताउनुभयो ।