फिचर समाचार

करेन्ट लागेर सुन्दरहरैँचामा एक जनाएको मृत्यु

विराटचाेक: मोरङको सुन्दरहरैचा नगरपालिका-३ का ३९ बर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले टोली अनुसन्धान गरिरहेको जनाएको छ।