फिचर समाचार स्थानिय

कर वृद्धि विषयक सर्वपक्षीय छलफलमा के भयाे सहमति

विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कर वृद्धि गरेकाे भन्दै आन्दोलन रत पक्ष सहित सर्वपक्षीय छलफल  भएको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईँकाे अध्यक्षतामा छलफल भएको हाे । छलफलमा उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत , वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख,  सम्बन्धित शाखाका कर्मचारी लगायतको उपस्थितिमा साेमबार नगरपालिकाकाे सभाहलमा छलफल भएको हाे । 

यश अघि कार्यपालिकाले राेशनप्रसाद ढकालकाे संयाेजकत्वमा  गठन गरेकाेमा थप दुई जना विज्ञ  (कम्तिमा राजपत्रांकित द्वितीय श्रेणीबाट सम्बन्धित क्षेत्रमा सेवा निवृत्त ) राख्ने निर्णय भएको छ ।

आर्थिक एेन २०८० मा ताेकेका करका दररेटका सम्बन्धमा अध्ययन गरि सुझाव सहित प्रतिवेदन पेश गर्नकालागि नगरप्रमुखकाे संयाेजकत्वमा उच्चस्तरीय सल्लाहाकार समिति गठन गर्ने निर्णय  समेत भएको छ । याे समितिले १ महिना भित्र काम सक्नुपर्ने छ । 

निर्णय प्रतिलिपी

छलफलमा सहभागीले के भने ?

भक्तिप्रसाद सिटौला नेपाली काङ्ग्रेस नगरसभापति

कर वैज्ञानिक नभएकाले  यसलाई पुनर्विचार गर्नु पर्ने बताए । हिजाे युवाकाे जाेस र दवाव जस्तो फेरि उग्ररूप नल्याउने कि नल्याउने नगरकै विषय भएकाे बताए ।  याे सवाल नगरपालिका र आन्दोलन कर्ताकाे हार र जितकाे कुरा भयाे भन्ने नमिल्ने बताए  उनले भने हाम्रो पनि राजष्वमा ताला लगाउने इच्छा नभएकाे तर कार्यालयमा जिम्मेवार व्यक्ति नभएकाले याे अवस्था आएकाे उल्लेख गरे ।  

दुस्यान्त भट्टराई: नेकपा माआेवादी केन्द्र 

नगरपालिकालाई दवाव दिएपनि त्याे सुनुवाइ नभएकाले गर्दा हिजोको अवस्था सृजना भएको हाे । यसले गर्दा तालाबन्दी भएको हाे ।सबै क्षेत्रकाे मुल्य र कर नै बढेको भट्टराईकाे भनाइ थियाे ।  कर उठाउन दायराहरू बढाउनु पर्ने धारणा राखेका थिए ।  यथाशीघ्र यश विषयलाई टुंगो लगाई २०८०/ ८१ काे आर्थिक एेन सच्चाउनुपर्ने उनकाे भनाइ थियाे ।

नारायण कार्की : महासचिव सुन्दरहरैँचा उद्योग वाणिज्य संघ 

बढेको कर संग नागरिकमा असन्तुष्टि तिव्र भएको हुदा यसलाई समायाेजन गरिनुपर्ने बताए ।  नेतृत्वले अहिले देखिएको समस्यालाई बुझ्नुपर्नेमा जाेड दिए । यस्तै सिफारिस करलाई समेत घटाउनुपर्ने धारणा राखेका थिए ।  मुल्याङ्कनकाे रेटमा मालपोतमा ४ लाख छ तर नगरपालिकामा १६ लाख भएकोले ठुलाे रकम कर तिर्नुपर्ने अवस्था सृजना भएको बताए । 

पुरन राई 

सहभागी जनतालाई ढाड सेक्ने गरि कर वृद्धि गरेकोमा यसलाई सच्याउनुकाे विकल्प नरहेकाे बताएका थिए । उनले भने कर्मचारीलेजे लेखेर दियाे त्याे सहि गर्न मिल्ने नमिल्ने प्रमुखले हेरेर मात्रै गर्नुपर्नेमा जाेड दिदै  २०७९ । ८० काे करमा १० प्रतिशत वृद्धि गरेर जानुपर्ने बताए । 

जीवन प्रसाद ढुंगाना अध्यक्ष सुन्दरदुलारी उद्योग वाणिज्य संघ 

कर वृद्धिकाे जरजर अवस्था छ याे कर कति वृद्धि भयाे भन्ने एकिन छैन १ सय प्रतिशत देखि १५ सय प्रतिशतसम्म वृद्धि भएको भेटिएको छ । स्थानीय सरकारसंग प्रत्येक्ष नागरिक जाेडिने भएकाले सेवाकाे भावमा लाग्नुपर्ने बताए  । वर्गीकरण तत्काल आवश्यकता नभएको उनकाे धारणा थियाे । उनले भने याे वैज्ञानिक नभएको र काठमाडौमा बस्ने कन्सलट्रेन्सिले गरेकाे आधारमा कर लाग्नु दुर्भाग्यपूर्ण भएको जिकिर गरे ।  करकाे दर हैन दायरा बढाउनु पर्ने जाेड थिए । 

नवराज चापागाईं: इन्द्रपुर शाना शहरी खानेपानी अध्यक्ष 

वर्गीकरणका कारणले कर नबढेको बताए  । आज धेरै जनगुनासाे आए आम्दानी नहुने क्षेत्रमा समेत कर वृद्धि गरेकाे उनले बताए  ।  स्थानीय सरकारले प्रक्षेपण गरेकाे दररेटमा १० प्रतिशत बढाएर जानुपर्छ चापागाईले भने ।  स्थानीय सरकारले बनिबुताे गरेर पेट पाल्ने जनताले याे कर तिर्न नसक्ने भएकाले आन्दोलन गर्न बाध्य हुनुपरेकाे बताए ।

मातृकाप्रसाद ढकाल : अध्यक्ष नेकपा एमाले 

जग्गा वर्गीकरणका सन्दर्भमा सहभागी भएको तर कर निर्धारण गर्ने विषयमा सहभागी नभएको बताए । जग्गा वर्गीकरणले गर्दा कर वृद्धि भएको उनकाे भनाई थियाे   ।  कृषि क्षेत्रलाई हिजाेकै अवस्थामा दर कामय हुनुपर्नेमा जाेड दिए । आवास र व्यवसायीक क्षेत्रमा केही मात्रामा थपघट गरेर जानुपर्ने उनकाे धारणा थियाे । नविकरण तथा अन्य शुल्कमा पनि कर वृद्धि भएको प्रति चासाे राखेका थिए । धेरै ज्ञानकाे कमिले गर्दा पनि याे अवस्था आएकाे हुँदा  विज्ञकाे राय र सुझाव सहितकाे प्रतिवेदनलाई लागुगरेर जानुपर्नेमा उनकाे जाेड थियाे ।

बाबुराम निराैला : सञ्चारकर्मी बन्द निशेधित शहर भएको याे ठाउँकाे गरिमा र प्रतिष्ठालाई कायम गर्दै सबै एक भएर जानु पर्ने धारणा राखेका थिए । उनले भने राजय्व साखामा ताला लाग्नु उचित नभएको  यसलाई वार्ताबाट समाधान गर्नुपर्ने बताएका थिए ।

विवेक न्याैपाने राश्वपा नगर अध्यक्ष 

अवैज्ञानिक कर वृद्धि भएकोमा व्यवहारिक करमा असुलि गर्ने दायरा सान्दर्भिक हुनुपर्नेमा जाेड दिए । कर समायाेजनका विषयमा विज्ञ समिति बस्नुपर्ने र त्सयकाे कार्यन्वयनगर्न विशेष नगरसभा बाेलाउन छलफलमा माग गरेका थिए । 

नगरप्रमुख केदारप्रसाद गुरागाई :

भूवर्गिकरणकाे कारणले याे अवस्था सृजना भएको हाे । जग्गा वर्गीकरण गर्ने विषयमा वडामा धेरै पटक छलफल भएको थियो   । यसमा अधिकतम् जग्गा कृषिमा लाने र अनियन्त्रित खण्डिकरण गर्न नदिने नै उदेश्य थियाे । यसमा अधिकतम् कर लिने इच्छा थिएन त्याे कहिल्यै हुने छैन मेयर गुरागाईले भने ।छलफलमा सहभागीसंग वर्गीकरणगर्ने र कर निर्धारण गर्ने विषयमा राय दिन मेयरले आग्रह गरेका थिए ।  हिजो तिर्ने सिस्टम र आज वर्गीकरण पछि गरीएकाे नक्साले गर्दा पनि धेरै रकम आएकाे बताए  । जग्गा वर्गीकरणमा परिवर्तनगर्न चाहनेलाई यश अघिनै सुविधा दिएकाे समेत मेयर गुरागाईले बताए । जग्गा प्लानिङ गर्नेका विषयमा एकै प्रकारकाे सुविधा दिन नसक्ने बताए । जग्गा व्यवस्थित गर्ने कुरा नगरले कानुन निर्माण गरेकाे छ यसै अनुसार हुने समेत बताए

हिजाे सबै पालिकाका प्रतिनिधि सहितकाे विराटनगरमा भएको कार्यक्रममा गएकाे विषयमा मेयर भागे भन्ने कुरा गरियाे त्याे विल्कुल गलत भएकाे बताए । आफू जनताका मागलाई सम्बाेधन गर्ने कुरामा कहिल्यै नभाग्ने बताए । जनताका साना साना कुरालाई सम्बाेधनगर्न सधै लागिरहेकाे र आगामि दिनमा समेत त्याे भइरहने उनकाे भनाई थियाे   । यस्तै उनले भने हिजाे कर तिर्न ठग्ने अवस्था रहेछ अहिले नक्साले गर्दा तिर्नुपर्ने छ तर हिजाेकाे भन्दा धेरै वृद्धि नभएको बताए  । अहिले याे विषय प्रबेश भएकाले यसलाई पनि परिवार्जन गर्न सकिने उनेकाे भनाई थियाे ।

हिजाे भएको ताला बन्दि सहितकाे आन्दोलनमा अराजकता भएको बताए ताला लगाउनै आवश्यक थिएन जे भयाे त्याे गलत भयाे मेयरले भने यस्तै  अहिले नै मिनि नगरसभा गर्न नसकिने छलफलमा सहभागिलाई बताए यसैगरी लगाईएकाे ताला लगाईएकाे खाेल्न आग्रह गरेका थिए ।  आइतबार लगाईएकाे ताला सहमित अनुसार विहानै खुलेकाे छ ।