विराटचाेक: नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन पछिकाे प्रथम ऐतिहासिक माेरङ जिल्ला सम्मेलन हुने भएको छ । बुधबार सुन्दरहरैँचा नगरपालिका ९ स्थित जेसीज भवन परिसरमा जिल्ला सम्मेलन हुन लागेको हाे ।
साे सम्मेलनकाे तयारी र कार्यक्रमका विषयमा पत्रकार सम्मेलन आयाेजना गरी जनाएको छ ।
सम्मेलनकाे उद्घाटन प्रमुख अतिथि काङ्ग्रेस नेता शेखर काेईरालाले गर्ने पार्टी जिल्ला सभापति डिगबहादुर लिम्बूले बताए ।
सम्मेलनमा आर्थिक प्रतिवेदन , साङ्गाठनिक प्रतिवेदन र राजनीतिक प्रतिवेदनमा छलफल हुने सभापति लिम्बूले बताए ।
माेरङमा ३० हजार ६ सय २९ क्रियाशील सदस्य रहेका छन् भने जिल्ला प्रतिनिधि ३ हजार ५ सय ५५ रहेका छन् ।
वडा, नगर क्षेत्रकाे सम्मेलन सकेर जिल्ला सम्मेलन हुन लागेको हाे ।
पत्रकार सम्मेलनमा बाेल्दै युवा तथा खेलकुद मन्त्री समेत रहेका लिम्बूले सङ्गठन जुन रूपमा जानुपर्ने हाे त्यसमा नगएकाले यश विषयमा समेत घनिभुत छलफल हुने बताए ।
कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाले जिल्लाका विभिन्न ठाउँबाट आउने प्रतिनिधिलाई सहज बनाई सम्पन्न गर्न विभिन्न समिति, उपसमिति, स्वयंसेवक भातृ संगठनकाे परिचालन गरिएकाे जिल्ला सचिव ललितबहादुर श्रेष्ठले बताए ।