४ असाेज २०८१
मोरङको कानेपोखरी गाउँपालिकाले निर्माण गरेको आवास विहिन २० परिवारलाई नयाँ घर वितरण गरेको छ । पालिका—२ नं। वडाको प्रधान टोलमा आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश र पालिकाको सहकार्यमा शौचालयसहित सुविधासहितको २० वटा मिनी घर ९भुँइ र वाल पक्कि छाना जस्ता० निर्माण गरेर आवास विहिन परिवारलाई नयाँ घर हस्तान्तरण गरेको हो । पालिकाले संविधान दिवसको दिन पारेर आवास विहिन परिवारलाई घर हस्तान्तरण कार्यक्रमको आयोजना गरी हिन्दु समुदायको चाड दशैको पूर्व सन्ध्यामा घर वितरण गरेको हो ।
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामको सभापतित्वमा भएको कार्यक्रममा रिवन काटेर नयाँ घरको उद्घाटन, पालिकाको अग्रज व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा लेखा समितिको सभापति ऋषिकेश पोखरेलको हातबाट सम्मान, घर र कार्यक्रमको उद्घाटन भएको थियो । खानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा जनता आवास कार्यक्रमको लागि १ करोड र प्रदेशबाट ५० लाख बजेट बिनियोजन भएको कार्यपालिका सदस्य चरण गुरुङले बताए । पालिकाले सुरक्षित आवासको लागि थप ५० लाख बजेट बिनियोजन गरेको बताए ।
जनता आवास कार्यक्रमबाट नयाँ घर बनाएर वितरण र सुरक्षित आवास अन्तरगर्त पुसको छानो, बेरा र कच्चि पोल भएमा जस्ताको छाना, बेरा पक्कि बनाउन सहयोग गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथि संघीय संसदको सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेलले संविधान दिवसको दिन आफ्नै निर्वाचन क्षेत्रमा नयाँ घर हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । कानेपोखेरी गाउँपालिका उपाध्यक्ष भोला अधिकारीले संविधानलाई शिरमा राखेर अभाव र गरिबहरुलाई सरकार छ भन्ने आवास दिलाउदै गएको बताए ।
आफू जनप्रतिनिधि नहुँदै पनि सर्वदलीय बैठकमा आवास विहिनहरुलाई घर बनाएर दिनुपर्ने विचार राख्दै आएको बताए । स्वागत मन्तव्यको क्रममा पालिकाको प्रवक्ता शुसिल बुढाथोकीले संविधानमा उल्लेख भए बमोजिम घर नहुनेहरुलाई घर, कक्षा १२ सम्म निशुल्क विद्यार्थी पढाउने कार्य भइरहेको बताए । स्वास्थ्य क्षेत्रमा पनि १५ शैयाको अस्पताल सञ्चालनमा रहेको, रोजगारीको लागि स्टाटप रकम पालिका दिन तयार रहेको बताए । पालिकाको प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले सञ्चालन गरेको कार्यक्रममा एमालेका एसोधा लिम्बू, कांग्रेसका छत्रबहादुर लिम्बू, माओवादी केन्द्रका भोजवीर माझी लगायतले शुभकामना दिएका थिए ।