विराटचाेक: काेशी प्रदेश नृत्य निर्देशक संघकाे अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक राजु बस्नेत चयन हुनुभएको छ । शनिबार सुन्दरहरैँचा १० स्थित सिद्धार्थ स्कुलमा सर्वसम्मत चयन हुने पदाधिकारीहरूकाे सफत ग्रहण गराइएकाे छ ।
संघकाे उपाध्यक्षमा इश्वरी प्रसाद सिग्देल, देबराज खड्का, विमल नेपाल, सचिवमा लाल बहादुर शंकर, सहसचिवमा मिथुन ठाकुर, काेषाध्यक्षमा गिता पाैडेल, सह काेषाध्यक्षमा मनाेज राजवंशी चयन भएका छन् । यस्तै सदस्यमा सन्तोष मगर, अमृत खड्का, राजु गिरि, तेज मगर, विशाल रसाइली, रमन दाहाल सुमन याेगिलाई चयन गरेकाे हाे ।
नृत्य हाम्रो अभिमान कला र संस्कृतिकाे पहिचान भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपाल काेशी प्रदेश तथा जिल्लाकाे पदस्थापन तथा सफथ ग्रहण समारोहका बिच सबै १५ पदाधिकारीलाई सफत गराईएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले काेशी प्रदेशकाे सांस्कृतिक र जातिय पहिचान झल्काउने नृत्य कलाकाे क्षेत्र नृत्य निर्देशकहरूकाे अहम् भुमिका रहेकाे बताउनुभयो । उहाले “सांस्कृतिक संरक्षणकाे दुतकाे रूपमा निर्देशकलाई लिनुपर्ने समेत बताउनुभयो । विभिन्न जातीय संस्कृतिकाे खाेज, र अनुसज्धानमा धेरै मेहनत गरेर कलाकार जन्माउनमा निर्देशककाे महत्त्वपूर्ण भुमिका रहेकाे भन्दै प्रसंसा समेत गर्नुभएको थियाे । यस्तै आगामी दिनमा याे संस्था नगर सहकार्य गरेर अघि बढ्ने समेत बताउनुभयाे ।
कार्यक्रममा काेशी प्रदेश प्याब्सन उपाध्यक्ष अर्जुन बस्नेतले
देशकाे कला र संस्कृतिलाई बचाउने काम नृत्य निर्देशकले काम उल्लेख्य काम गरेकाे बताउनुभयो ।
यसैगरी नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले सरकार संग भएको अधिकार खाेज्न पनि संगठनात्मक रूपमा अघि बढ्ने बताए । काेशी प्रदेश जस्तो कला र संस्कृति रहेकाे प्रदेशका नाट्य निर्देशकले गर्भ गर्न लायक काम गरेकाे भन्दै प्रसंसा गरेका छन् ।
कार्यक्रममा माेरङ, सुनसरी, झापा र इलामको जिल्लाकाे समेत नयाँ समितिकाे सफत ग्रहण गराईएकाे छ ।