विराटचाेक: देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिले यस वर्षको श्रावण महिनामा विशेष धार्मिक कार्यक्रमको आयोजना गर्दैछ। माेरङकाे सुन्दरहरैँचा ६ मा अवस्थित यस मन्दिरमा साउन ७ गतेदेखि २८ गतेसम्म विभिन्न धार्मिक गतिविधिहरू हुनेछन्।
कार्यक्रममा श्रावणमास अनुष्ठान, धार्मिक व्यक्तिको प्रवचन, भजन कीर्तन सत्सङ्ग र रुद्राभिषेक हुने बिहिवार मन्दिरमा पत्रकार सम्मेलन गरि जनाईएकाे छ ।
पत्रकार सम्मेलनमा श्रीश्री १००८ स्वामी डा. यतिराज आचार्य शेषनारायण दिव्यधामका मठाधिश समेतकाे उपस्थिती रहेको थियो । उहाँले पुन्य भूमि यश क्षेत्रकाे पवित्र महिमाका बारेमा बताउदै सबैलाई अनुष्ठानमा आउन आग्रह समेत गर्नुभयाे ।
मन्दिर व्यवस्थापन समितिका सचिव बलराम दाहालका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य मन्दिर वरिपरि घेराबारा गर्नु र यसको व्यापक प्रचारप्रसार गरी धार्मिक क्षेत्रको रूपमा स्थापित गर्नु रहेको छ ।
२०३९ सालमा स्थापना भएको यो मन्दिर २०५८ सालमा निर्माण सम्पन्न भएको थियो । स्व. डा. पिनाकी प्रसाद आचार्यले दान गरेको ४ कट्ठा जग्गामा यो मन्दिर निर्माण गरिएको छ ।
समितिले सबै धर्मावलम्बी र आम जनसमुदायलाई यस कार्यक्रममा सहभागी हुन आह्वान समेत गरेको छ।
पत्रकार सम्मेलन ज्योतिखर अधिकारीकाे अध्यक्षतामा भएको थियो ।