Uncategorized

किवानिस क्लब अफ सुन्दरहरैचाद्वारा विद्यार्थीलाई पोशाक वितरण

विराटचाेक:  मोरङको सुन्दरहरैचा ३ बरमनियामा रहेको जननी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बुधबार किवानिस क्लब अफ सुन्दरहरैचाले पोशाक वितरण गरेको छ।

किवानिस क्लब अफ सुन्दरहरैचाकी अध्यक्ष पार्वती गच्छदारको पहलमा कक्षा ५ सम्मका २० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो। गच्छदारका अनुसार, गरिब तथा आय स्रोत नभएका विद्यार्थीहरूलाई अध्ययनप्रति जागरुक बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

 “स्कुल पोशाकको अभावका कारण बालबालिकाहरू विद्यालय शिक्षाबाट वञ्चित हुन नपरोस् भनेर यो पहल गरिएको हो। आगामी दिनहरूमा यस विद्यालयलाई थप सहयोग गर्दै जाने योजना छ।” गच्छदारले भन्नुभयाे ।

कार्यक्रममा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगानाले किवानिस क्लबको प्रयासको प्रशंसा गर्दै  भन्नुभयाे, “अति विपन्न गरिब परिवारका बालबालिकाहरूलाई विद्यालयमै आएर पोशाक वितरण गरेकोमा हामी खुशी छौं। उद्योग वाणिज्य संघ पनि यस्ता कार्यक्रममा सहकार्य गर्न तयार छ।” उहाँले तीनै तहको सरकार भए पनि सुन्दरहरैचा नगरपालिकाले सरकारी विद्यालयहरूलाई पर्याप्त महत्व नदिएको टिप्पणी गर्नुभयाे ।

जननी आधारभूत विद्यालयमा मुख्यतः विपन्न समुदायका बालबालिकाहरू अध्ययनरत छन्। विद्यालयका अनुसार, पोशाक पाएपछि विद्यार्थीहरू नियमित रूपमा उपस्थित हुने र सिकाइमा अग्रसर हुने आशा गरिएको छ।