फिचर समाचार स्थानिय

कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार नेपाललाई प्रदान गरिने

विराटचाेक/ प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार यस वर्ष विराटनगरका पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने भएको छ । आज अध्यक्ष चीना थापाको अध्यक्षतामा मोरङको कानेपोखरीमा बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसका आधारमा नेपाललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा माघ २२ गते विराटनगरमा कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने अध्यक्ष थापाले जानकारी दिनुभयो । स्थापना दिवसकै अवसरमा प्रेस चौतारीका अग्रज विद्यावारिधि उपाधि हासिल गर्ने डा. डिल्ली पोख्रेल र डा. धर्मराज ढकालाई सम्मान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै, नयाँ सदस्यता प्राप्त गर्ने प्रेस चौतारीका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने निर्णय गरिएको छ ।