केराबारी, २६ माघ। उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै केराबारी गाउँपालिकाले मासुजन्य उपभोक्ताहरुको हितमा निर्णय गरेको छ ।
मासु जन्य पदार्थमा भइरहेको मुल्य वृद्धि र दरभाउमा एकरुपता ल्याउन पालिकाले अग्रसरता देखाउदै सोमबार एक कार्यक्रमको आयोजना गरी व्यवसायीहरुसंग छलफल चलाउदै उपभोक्ताको हितमा निर्णय गरेको हो ।
केराबारीमा वढ्दो मासुको मुल्य कम गर्न र दरभाउमा एकरुपमा ल्याउन सोमबार मासु व्यवसायीहरुसंग छलफल र सहमति बनेसंगै अब व्यवसायीहरुले आफूखुशी मासुको दर भाउ तोक्न र वढाउन नपाउने भएका छ्न ।