कृषि-बातावरण जीवनशैली फिचर समाचार स्थानिय

केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन

केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ।
केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल कार्यपालिका सदस्य गंगा लिम्बुलगायतको आतिथ्यता रहेको थियो।
त्यसैगरी सम्बन्धित शाखाका कर्मचारीहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिमले स्थानीय युवाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी रोजगारी र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।
वक्ताहरूले सीप विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न यस्ता तालिम कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।